विश्वलाई नै झड्का : क्रिस्टियानो रोनाल्डो २ वर्ष जेल सजाय र जरीवाना तिर्न तयार [कारण यस्तो छ]

काठमाडौ / पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आफूमाथि लागेको कर छलीको आरोप स्वीकार्दै २ वर्ष जेल सजाय र १२.१ मिलियन पाउण्ड जरीवाना तिर्न तयार भएका छन्।

स्पेनिस रेडियो क्याडेना कोपलाई उद्धृत गर्दै अनलाइन पत्रिका डेलीमेलका अनुसार रोनाल्डोले उक्त सजाय र जरिवाना तिर्ना राजी भएका हुन्। यस्तै कानुनी लागतवापत उनले ४.३ मिलियन पाउण्ड तिर्नेछन्। हालै इटालियन क्लब युभेन्ट्समा आबद्ध भएका ३३ वर्षीय रोनाल्डोलाई गत वर्ष सन् २०१० देखिको कर नतिरेको आरोपमा मुद्दा लागेको थियो । तर, रोनाल्डोले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका थिए ।

स्पेनिस क्लब रियल मड्रिडमा रहँदा रोनाल्डोमाथि सन् २०१० देखी साढे १३ मिलियन पाउण्ड बराबरको कर छलेको आरोप लागेको थियो। जेल सजाय भोग्न तयार भए पनि रोनाल्डोले जेल जान भने पर्ने छैन। स्पेनीस कानुनअनुसार २ वर्ष सम्मको जेल सजाय पाएकाले जेलमा बसिरहनु पर्दैन। एजेन्सी


प्रतिक्रिया दिनुहोस्