यो हो बलात्कारी सहर, जहाँका एक तिहाई पुरुष बलात्कारी छन्

एजेन्सी / दक्षिण अफ्रिकाको जोहानसबर्गस्थित डिपलुस्ट सहरलाई दुनियाकै खतरनाक सहर भनिन्छ । त्यहाँ महिलाहरुमाथि बलात्कार हुनु सामान्य कुरा हो । हालै बीबीसीसँगको कुराकानीमा उक्त सहरका दुई युवकहरुले आफुले अहिलेसम्म कैयन् महिलाको बलात्कार गरिसकेको डरलाग्दो खुलासा गरे । यसो भनिरहँदा उनीहरुको अनुहारमा कुनै अपराधबोध थिएन ।

                             फाइल तस्विर

आफ्नो नाम गोप्य राखेका ती युवकले आफ्नो बलात्कार कर्मको कहानी बताएका छन् । उनी भन्छन्, ‘जब महिलाले घरको ढोका खोल्छन् तब हामी घरभित्र घुस्छौँ र आफ्नो चक्कु निकाल्छौँ । महिला चिच्याउन थाल्छिन् । हामीले मार्ने धम्की दिएर चुप गराउँछौँ । अनि ओछ्यानमा लगेर बलात्कार गर्छौं ।’ ती दुई युवकमध्ये एकजनाले त यस्तो खुलासा गरेकी उनले त्यहाँ भएका आफ्नै साथीकी गर्लफ्रेण्डलाई नै बलात्कार गरेका छन् उनकै अगाडि ।

एक अध्ययन अनुसार उक्त सहरका हरेक तिनजनामा एकजना पुरुषले कम्तिमा एकपटक महिलाको बलात्कार गरेका छन् । यो संख्या यहाँको जनसंख्याको ३८ प्रतिशत छ । कतिपयले त एउटै महिलालाई धेरै पटक बलात्कार गरेका छन् । विवाहित र बच्चाबच्ची भएका महिलालाई समेत उनीहरुकै घरमा बलात्कार गर्ने गरिएको छ । महिलाहरुलाई उनीहरुकै लोग्नेका अगाडि बलात्कार गरिन्छ । गतवर्ष डिपस्लूटमा बलात्कारका ५ सय उजुरी दर्ता भए । तर कुनैपनि उजुरीमा कानूनी कारवाही भएन । बलात्कार मात्र होइन अन्य अपराधमा पनि त्यहाँ कानूनी कारवाही निकै कम हुन्छ । यो सहर गरिबी र बेरोजगारीसँग जुधिरहेको छ । अझ महिलामाथि हुने अपराध र बलात्कारको संस्कृतिले यहाँको आर्थिक अवस्थालाई झनै जर्जर बनाइदिएको छ ।


प्रतिक्रिया दिनुहोस्