साथीको बर्थडे सेलिब्रेशनमा गएका युवक अबेरसम्म फर्किएनन्, खोजी गर्दा भेटियो हत्यागरी फालेको शव

एजेन्सी / साथीको बर्थडे सेलिब्रेशनमा गएका एक युवकको निर्मम हत्या भएको छ। उनको हत्या आफ्नै साथीले गरेका थिए।

                                             फाईल तस्विर

घटना भारतको पुणेस्थित पिम्मरी क्षेत्रको हो। युवकको हत्याको आरोपमा प्रहरीले उनका साथी जतिन मेवाती र मानु टाक नामका दुई युवकको खोजीकार्य गरिएको छ। आदित्य खोत नामका एक युवक गत मंगलबार बेलुकी आफ्नो साथीको बर्थडे पार्टीमा गएका थिए। त्यसपछि आदित्यको मोबाइल फोन स्विच अफ भयो। जब उनी अबेरसम्म पनि घर नफर्किएपछि परिवारले उनको खोजीकार्य सुरु गरे। खोजी गर्दा पनि कुनै कुरा पत्ता नलगेपछि परिवारले प्रहरीमा खबर गरेका थिए।

प्रहरीले खोजीकार्य गर्दा शुक्रबार बिहान आदित्यको शव नांदेगांवको एक सुनसान पहाडी क्षेत्रमा भेटियो। प्रहरीको उनको शव पोस्टमार्टमका लागि पठाएको छ। बर्थडे पार्टीमा गएर प्रहरीले साधपुछ गर्दा राति खाा खाने बहानामा मोनु र जतिनले आदित्यलाई जबर्जस्ती गाडीमा बसाएर लगेको पत्ता लगायो। त्यसपछि उनको त्यही हत्या गरिएको प्रहरीको आशंका छ। प्रहरीले दुई जनाको खोजी कार्य गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्