स्वर्गीय दीपक तामाङ र सीता तुम्खेवाको शब्दमा विशाल र पेन्चे डोमाको अभिनय रहेको भिडियो सार्वजनिक

काठमाडौं, ६ साउन / गायक संगीत आङ्खेवा लिम्बूले ‘अम्लारीफुङ फुल्यो’ को म्युजिक भिडियो सार्वजानिक गरेका छन् । स्वर्गीय दीपक तामाङ र सीता तुम्खेवाको शब्दलाई कमल रसाइलीले संगीत गरेका हुन् भने स्वरमा संगीत आङ्खेवालाई सुनिता थेगिमले सघाएकी छन् ।

 

पूर्वेली लिम्बू लोकलयमा आधारित गीतमा पालाम थेगो सुन्न सकिन्छ भने दृश्यहरुमा च्याब्रुङ तथा धाननाच देख्न पाइन्छ । विशाल सेनेहाङ र पेन्चे डोमा तामाङले अभिनय गरेको गीतको संगीत संयोजन चन्दु गोर्खाली, ड्रेस न्यू सम्झना उद्योग इलाम, श्रृङ्गार सोम मगराती, छायांकन भुपेन्द्र तुम्बाहाम्फे, ड्रोन नगीन धिमाल, सम्पादन निशान घिमिरे कोरियोग्राफर र निर्देशन स्वयं गायक संगीतले गरेका हुन् । गीतलाई हाइलाइट्स् नेपालले सार्वजानिक गरेको हो ।

 

   – भिडियो हेर्नलाई यहाँ किल्कि गर्नुहोस।    

http://https://www.youtube.com/watch?v=Lb_Bxg27knA


प्रतिक्रिया दिनुहोस्