विलियनका लागि बार्सिलोनाले फेरी प्रयास गर्ने

बार्सिलोना /  बार्सिलोनाले चेल्सीका विङ्गर विलियन लिन तेस्रो प्रयास गर्ने भएको छ । तेस्रो पटकको प्रयासमा बार्सिलोनाले उनका लागि ५५ मिलियन युरो प्रस्ताव गर्ने बताइएको छ । गत साता बार्सिलोनाले ब्राजिलियन अन्तर्राष्ट्रिय विलियनका लागि ५३ मिलियन युरो प्रस्ताव गरेको थियो ।

दुई क्लबका प्रतिनिधिबीच उनका विषयमा छलफल भइरहेको बताइएको छ । सञ्चारमाध्यमका अनुसार ला लिगा च्याम्पियनले तीन महिना अघि विलियन लिन पहिलो पटक प्रयास गरेको थियो । प्रिमियर लिग प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडले पनि मेमा उनका लागि प्रस्ताव गरेको थियो ।

विलियन आफै पनि एन्टोनियो कोन्टे प्रशिक्षक रहँदा क्लब छाड्ने मनस्थितिमा रहेका थिए । यद्दपी अहिले टोलीमा मारिजो सारी नयाँ प्रशिक्षकका रुपमा चेल्सी पुगेका छन् । गत सिजन चेल्सीको उत्कृष्ट खेलाडी बनेका विलियनले युनाइटेडविरुद्धको फाइनलमा टोलीका लागि एक मात्र निर्णायक गोल गरेका थिए । गत सिजन बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिगको अन्तिम १६ मा एक मात्र गोल पनि विलियनले गरेका थिए । सन् २०१३ मा रसियन क्लबबाट चेल्सी पुगेयता २ सय ३६ खेल खेल्ने क्रममा उनले ४४ गोल गरिसकेका छन् ।

-एजेन्सी


प्रतिक्रिया दिनुहोस्