काठमाडौं सुन तस्करी प्रकरणः अनुसन्धान रोकियो तस्करी रोकिएन !

काठमाडौं / सुन तस्करीसम्बन्धी सरकारी अनुसन्धान समितिको म्याद सकिएपछि अनुसन्धान रोकिएको छ । सरकारले गृह मन्त्रालयका सहसमचिव ईश्वरराज पौडेललको संयोजकत्वमा गठन गरेको अनुसन्धान समितिको म्याद असार मसन्त सकिएको छ ।

चार महिनासम्म चर्चाको शिखरमा रहेको सुन तस्करी प्रकरणमा अनुसन्धान टोली टुंगोमा नपुगी विश्राम लिन पुगेको छ । अनुसन्धान रोकिए पनि तस्करहरुले आफ्नो धन्धा भने रोकेका छैनन् । प्रहरीले हरेक साताजस्तो विमानस्थलबाट सुन बरामद गर्दै आएकाले तस्करी नरोकिएको पुष्टि हुन्छ । विगत दुई साता अवधिमा त्रिभुवन विमानस्थलमा खटिएको प्रहरीले तीन किलोभन्दा बढी सुन बरामद गरेको छ ।,  आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ


प्रतिक्रिया दिनुहोस्