ताप्लेजुङ-काठमाडौं सम्पर्क मञ्चलाई सिसेक्पा कपको उपाधि

काठमाडौं, ७ श्रावन / ताप्लेजुङ-काठमाडौं सम्पर्क मञ्चले सिसेक्पा कप फुटसल प्रतियोगिता २०७५ को उपाधि जितेको छ । सिसेक्पा तङनाम (साउने संग्राति)को अवसरमा याक्थुङ युवा मञ्च काठमाडौँले आईतबार मन्डिकाटारको ग्रासरुट फुटसल खेल मैदानमा सिसेक्पा कपको आयोजनामा गरेको हो ।

लिम्बु विद्यार्थी मञ्च उपत्यका सँग भएको फाइनल खेलमा ताप्लेजुङ-काठमाडौं सम्पर्क मन्चले १-० को जित निकाल्दै उपाधी रक्षा गरेको हो। सेमि फाइनलमा बिजेता टिम ताप्लेजुङ-काठमाडौं सम्पर्क मञ्चले उच्यु उच्यु क्लब काठमाडौं तथा उपबिजेता लिम्बू विद्यार्थी मन्चले याङतारु क्लबलाई पाखा लाउदै फाईनल सम्मको यात्रा पक्का गरेको थियो।

उपाधिसँगै ताप्लेजुङ-काठमाडौं सम्पर्क मञ्चले ४० हजार प्राप्त गर्यो । उपविजेतामा सीमित भएको लिम्बु विद्यार्थी मंञ्च उपत्यकाले १५ हजारमा चित्त बुझायो। प्रतियोगिताको उत्कृष्ट खेलाडीमा याङ्तारुका रमेश घिसिङ, गोलकिपरमा उच्यु उच्युका रितुबर्ण लिम्बू, डिफेन्डरमा उपाधी बिजेता टिमका बिकेस लिम्बु छनौट भएका छन् । ताप्लेजुङ-काठमाडौं सम्पर्क मञ्चका खेलाडि दर्शन लिबाङले बिजेता खेलाडीहरुलाई साउन १२ गते शनिबार एक कार्यक्रम माझ ललितपुर चुम्लुङ हिममा पुरस्कृत हुने अरुण पोस्ट डट कमलाई बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्