सशस्त्रका खेलाडीलाई आदर्श विकास समाजद्धारा खेलकुद सामग्री प्रदान

काठमाडौं, ७ साउन । आदर्श समाज बिकास केन्द्रले सशस्त्र प्रहरीका खेलाडीका लागि विभिन्न सामाग्री प्रदान गरेको छ । भारतमा हुने चौथो कराँते प्रतियोगिताको तयारीका लागि आवश्यक विभिन्न सामाग्री उपलब्ध गराइएको हो ।

 

केन्द्रले  शनिबार सशस्त्र प्रहरी कार्यालय हलचोमा एक कार्यक्रम आयोजना गरी संस्थाका उपध्यक्ष गीता सिम्खडा र सचिव प्रविण कुलङ राईले संयुक्त रुपमा खेलकुद सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तर गर्दै विकास केन्द्र उपाध्यक्ष सिम्खडाले खेलकुद क्षेत्रले नेपाली नागरिकलाई एउटै धागोमा बाँध्ने काम गर्दै आएको बताउँदै खेल क्षेत्रको विकासमा थोरै सहयोग भए पनि पुगोस् भन्ने उद्देश्यले सामग्री उपलब्ध गराएको बताइन् ।

उनले भारतमा हुने प्रतियोगिताको तयारीमा डटेर लाग्न खेलाडीलाई आग्रह गर्दै खेलाडीलाई अग्रिम शुभकामना समेत दिइन् । सामग्री ग्रहण गर्दै सशस्त्रका प्रहरी निरीक्षक अमित मल्लले सहयोगप्रति आदर्श समाज विकास केन्द्रको यो सहयोग खेलाडीहरुका लागि महत्वपूर्ण हुने भन्दै  धन्यवाद ज्ञापन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्