उपचार छोडेर अनसनमा बस्न देशभरका चिकित्सकहरुलाई चिकित्सक संघको निर्देशन’

काठमाडौं, ७ साउन / नेपाल चिकित्सक संघले देशभरका चिकित्सकहरुलाई फेरि अर्को सर्कुलर जारी गरेको छ । डा। गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएको भन्दै संघले बिरामीको उपचार छोडेर अनसनमा बस्न देशभरका चिकित्सहरुलाई निर्देशन जारी गरेको हो ।


फाइल तस्बिर
संघका महासचिव डा। लोचन कार्कीले सर्कुलर जारी गरेर देशभरका चिकित्सकरुलाई धर्ना र अनसन गर्न निर्देशन दिएका हुन् । काठमाडौं उपत्याकाको हकमा भने चिकित्सकहरुलाई बसन्तपुर डबलीमा उपस्थित भई विहान १० बजेदेखि बेलुका ५ बजे सम्म अनसन बस्न निर्देशन दिएका छन् ।

चार बूँदे निर्देशनम भन्रिएको छ, ‘रेजिडेन्ट चिकित्सकहरुले संचालन गरेको बहिरंग र अन्तरंग सेवा बहिष्कार प्रति यस संघ ऐक्यबद्धता जाहेर गर्दछ, देशभरका चिकित्सकहरुले आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपिडी टिकट, रसिद, बील बहिष्कार गर्ने । विरामीको स्वास्थ्यलाई असर नपर्ने गरी बैकल्पिक उपायद्वारा ओपिडी सेवा संचालन गरिने छ, देशभरका चिकित्सक साथीहरुलाई आ–आफ्नो जिल्लामा रिलेअनसन, धर्ना लगायतका विरोधका कार्यक्रमहरु गर्र्दै नागरिक समाजसँग समन्वय गरी सशक्त विरोध गर्ने ।’

निर्देशनको २ नम्बर बूँदामा विरामीको स्वास्थ्यलाई असर नपर्ने गरी बैकल्पिक उपायद्वारा ओपिडी सेवा संचालन गरिने बताइएको छ । तर, यो भनाई खण्डन बूँदा नम्बर ३ र ४ ले गरेको छ । बुँदा नम्बर ४ मा भनिएको छ, ‘देशभरका चिकित्सक साथीहरुलाई आ–आफ्नो जिल्लामा रिलेअनसन, याली, धर्ना लगायतका विरोधका कार्यक्रमहरु गर्र्दै नागरिक समाजसँग समन्वय गरी सशक्त विरोध गर्ने । काठमाडौं उपत्याकाको हकमा नेपाल चिकित्सक संघका पदाधिकारी सहित सम्पूर्ण चिकित्सकहरुलाई बसन्तपुर डबलीमा उपस्थित भई विहान १० बजेदेखि बेलुका ५ बजे सम्म अनसन बस्ने ।’

हेर्नुहोस् चार बूँदे निर्देशन 

१० रेजिडेन्ट चिकित्सकहरुले संचालन गरेको बहिरंग र अन्तरंग सेवा बहिष्कार प्रति यस संघ ऐक्यबद्धता जाहेर गर्दछ ।

२० देशभरका चिकित्सकहरुले आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपिडी टिकट, रसिद, बील बहिष्कार गर्ने । विरामीको स्वास्थ्यलाई असर नपर्ने गरी बैकल्पिक उपायद्वारा ओपिडी सेवा संचालन गरिने छ ।

३० देशभरका चिकित्सक साथीहरुलाई आ–आफ्नो जिल्लामा रिलेअनसन, (याली, धर्ना लगायतका विरोधका कार्यक्रमहरु गर्र्दै नागरिक समाजसँग समन्वय गरी सशक्त विरोध गर्ने ।

४० काठमाडौं उपत्याकाको हकमा नेपाल चिकित्सक संघका पदाधिकारी सहित सम्पूर्ण चिकित्सकहरुलाई बसन्तपुर डबलीमा उपस्थित भई विहान १० बजेदेखि बेलुका ५ बजे सम्म अनसन बस्ने ।

यसैगरी ठूला सरकारी अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरु पनि विरामी नजाँच्ने भएका छन् । डा केसीको माग पुरा गर्न भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले आकस्मिक कक्ष र आइसियू कक्षमा रहेका विरामीबाहेक अरुलाई सेवा नदिने बताएका हुन् ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुको संस्था नेशनल रेजिडेन्टस् डाक्टरर्स एशोसिएशन र बीर अस्पतालमा रहेको रेजिडेन्टस् डक्टर्स एशोसिएशन न्याम्सका चिकित्सकहरुले उपचार बन्द गर्ने निर्णय गरेका हुन् । उनीहरुले जारी विज्ञप्तीमा न्याम्स अन्तरगर्तका बीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूतिगृह, पाटन मानसिक अस्पताल, तिलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायतका आंगिक अस्पतालमा कार्यरत डाक्टरहरुले समेत सेवा छाड्ने उल्लेख छ ।

नेशनल रेजिडेन्टस् डाक्टरर्स एशोसिएशन र रेजिडेन्टस् डक्टर्स एशोसिएशन न्याम्सको विज्ञप्ती


प्रतिक्रिया दिनुहोस्