जर्मन फुटबल संघको प्रतिक्रिया, ओजीलमाथि नश्लवादी टिप्पणी गरिएको छैन

एजेन्सी / जर्मन फुटबल संघले आफ्ना खेलाडी मेसुट ओजिलमाथि कुनै किसिमको नश्लवादी टिप्पणी नगरिएको प्रतिक्रिया जनाएको छ ।

भरपर्दा मिड–फिल्डर ओजिलले आइतबार राति ट्वीटरमा समर्थक र जर्मन फुटबल संघबाटनै नश्लवादी टिप्पणी, घृणा, र आलोचनाको सिकार भएका कारण आफूले राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा गरेका थिए । यसअघि ओजिलले टर्किस राष्ट्रपति रेसेप ताइप एर्दोगानसँग तस्विर खिचाएका थिए । ओजिलका पुर्खा टर्किकै भएका कारण उनले टर्किको सम्मानका लागि त्यस तस्विर खिचाएको बताएका थिए । यद्यपी टर्की र जर्मनीको सम्बन्ध राजनितीक रुपमा राम्रो छैन ।

विश्वकपबाट बाहिरिएपछि सामाजिक सन्जालमा ओजिलमाथि घृणा र आलोचना शब्द बर्षिएका थिए । उनलाई शरणार्थी समेत भनिएको थियो । उनलाई जर्मन फुटबल संघका जिम्मेवार अधिकारीहरुले समेत गाली गलौज गरेको ओजिलको दाबी छ । यद्यपी फुटबल संघले आफ्नो बचाउगर्दै ओजिलमाथि त्यस्तो नगरिएको र आफू एकता र सद्भावको पक्षमा उभिने संस्था भएको बताएको छ । संघले यस विषयमा लड्न आफूले सहयोग गर्ने समेत बताएको छ ।


प्रतिक्रिया दिनुहोस्