डा. केसीको समर्थनमा सामुहिक सत्याग्रह बसन्तपुरमा यथावत [भिडियो सहित]

बि. पि. साम्याङखाम

काठमाडौं, ८ श्रावन / डा. गोबिन्द केसीको समर्थनमा सामूहिक सत्याग्रह आज तेश्रो दिन पनि यथावत छ। प्रध्यापक डा. गोविन्द केसीले उठाएका मागप्रति ऐक्यबद्धता जनाउन बसन्तपुर डवलिमा आइतबारदेखि सामूहिक सत्याग्रह सुरु भएको हो ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने अनशनमा हरेक दिन करिब २०० जना सहभागी हुने आयोजक सोलीडारिटी फर डा. केसी अलायन्सले जनाएको छ। अनसनमा बसेका डाक्टर केसीका समर्थकहरुले सरकारले मागका सम्बन्धमा चासो नदेखाएको आरोप लगाएका छन । डा. केसीको माग सुनुवाइका लागि दबाव दिन समर्थकहरु व्यानर, पर्चा तथा पम्पलेटका साथ अनसनमा सहभागी भएका छन । उनीहरुले डा. केसीका माग सम्बोधन नभएसम्म अनसन जारी रहने जनाएका छन । सत्याग्रहमा सर्वसाधारणहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गरिएको उनीहरुले बताएका छन ।

चिकित्सा शिक्षा सम्बन्धी माथेमा कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनको मर्मअनुसारको अध्यादेश आउनु पर्ने लगायत चिकित्सा शिक्षा सुधारका माग राख्दै डा. केसीले जुम्लाबाट १५औं आमरण अनशन शुरु गरेका थिए। स्वास्थ्य जोखिममा पर्न सक्ने भन्दै सरकारले गत बिहीबार हेलिकोप्टरबाट अनसनको २०औँ दिनमा डा. केसीलाई काठमाडौँ ल्याएको थियो। हाल केसी शिक्षण अस्पतालमा २३ औँ दिनको अनशनमा छन्। यो केसीको १५ औँ पटकको अनशन हो।

-भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

 

 


प्रतिक्रिया दिनुहोस्