माल्कोमले बार्सिलोनाका लागि स्वास्थ्य परिक्षण गराए, रोमा भन्छ, “माल्कोमलाई हाइज्याक गरियो”

एजेन्सी / ब्राजिलियन युवा वेंगर तथा मिडफिल्डर माल्कोम फिलिपे शिल्भाले बार्सिलोनाका लागि स्वास्थ्य परिक्षण गराएका छन् । माल्कोमलाई बिहिबार बार्साले जर्सी सहित सार्वजनिक गर्ने बताएको छ ।

माल्कोमलाई बार्साले अनुबन्ध गर्न निकै कसरत गर्नुप¥यो । माल्कोम फ्रेन्च क्लव बोर्डिअक्सबाट खेल्दै आएका थिए । एक हप्ताअघि माल्कोमलाई रोमको क्लव रोमाले अनुबन्ध गर्ने बताएको थियो । सोहि अनुसार सकारात्मक रुपमा कुरा अगाडी बढ्यो । अस्ती सोमबारमात्र फ्रेन्च क्लव बोर्डिअक्सले माल्कोमलाई रोमामा ३८ मिलियन युरोमा पठाउने सहमती पनि गर्यो । हिजो मंगलबार माल्कोम रोम जाने र स्वास्थ्य परिक्षण गर्ने भिनिएको थियो । तर अन्तिम समयमा आएर माल्कोमले रोम भ्रमण गरेनन् ।

बोर्डिअक्सले रोमासँगको सम्झौता कुनै सूचनाविना टुक्रायो । बार्सिलोनाले रोमाकोभन्दा ३ मिलियन युरोबढी तिर्ने भएपछि माल्कोमलाई बोर्डिअक्सले बार्सिलोना पठायो । अन्तत स् माल्कोम ४१ मिलियन युरोमा बार्सामा जाने पक्का भए । उनले स्वास्थ परिक्षणपनि गराइसके । यस विषयलाई लिएर रोमा क्लव निकै रुष्ट बनेको छ । रोमाले माल्कोमलाई बार्सिलोनाले हाइज्याक गरेको प्रतिक्रिया दिएको छ । सोमबारसम्म रोमामा आउने पक्का भएको माल्कोमलाई २४ घण्टाभित्र बार्सिलोनाले आफ्नो बनाउन सफल भएको थियो ।

अब माल्कोमले बिहिबार बार्सामा पाँच वर्षको सम्झौता गर्ने बताइएको छ । उता रोमाले बार्सिलोनाविरुद्ध कानुनी प्रक्रियामा जाने बताएको छ । रोमाले बोर्डिअक्स क्लवको कदमको पनि आलोचना गरेको छ । रोमाले एक हप्तासम्म बोर्डिअक्ससँग माल्कोमलाई अनुबन्ध गर्ने सल्लाहा गरेको थियो । तर रातारात कुनै सल्लाहा विना निर्णय परिवर्तन हुनु बोर्डिअक्स अव्यवसायिक क्लव भएको रोमाको आरोप छ ।


प्रतिक्रिया दिनुहोस्