रोनाल्डोमार्फत ब्राण्ड र सोसल मिडिया एक्सपोजरमा ठूलो प्रभाव पर्ने, ६३ अर्ब भन्दा बढी कमाउने

काठमाडौं, / पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको युभेन्ट्स आगमनले क्लबको अर्थ व्यवस्थामा निकै प्रभाव पार्ने भएको छ ।

 

कन्सलटेन्सी फर्म केपीएमजीको एक रिपोर्टअनुसार उक्त आगमनलाई कम्पनीले मेड्रिड टु टुरिनस् रोनाल्डो इकोनोमी नाम दिएको छ ।स्थानान्तरणबाट बार्षिक रुपमा सिधै ८५ मिलियन युरो कमाउने  छ । रोनाल्डोको चार वर्षको अनुबन्धबाट युभेन्ट्सले ३ सय ४० मिलियन युरो ४३ अर्ब रुपैयाँ भन्दा बढी कमाउने छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय तरको ब्रोडकास्टिङ डिष्ट्रिब्युशनबाट हुने मुनाफा १ सय ९० मिलियन देखि २ सय ५५ मिलियन युरोको बीचमा हुने बताइएको छ । केपीएमजीको रिपोर्टअनुसार क्लबको मुख्य मुनाफा प्रायोजन र व्यापारबाट हुनेछ ।

रिपोर्टको दावीअनुसार आउने दुई–तीन बर्षमा युभेन्ट्सको व्यवसायीक मुनाफा १९५ मिलियनदेखि २ सय २० मिलियन युरोसम्म हुनेछ । युभेन्ट्सको ब्राण्ड र सोसल मिडिया एक्सपोजरमा रोनाल्डोको ठूलो प्रभाव पर्नेछ । खासगरी युभेन्ट्स अहिलेसम्म बलियो ब्राण्डका रुपमा स्थापित नभएको देशहरुमा ठूलो प्रभाव पर्ने निश्चित छ ।

रोनाल्डोको सोसल मिडिया एक्सपोजरहरुले युभेन्ट्सलाई एउटा ग्लोबल ब्राण्ड बनाउने समेत निश्चित भईसकेको छ । फलस्वरुप यसको असर पनि क्लबको मुनाफामा पर्ने पक्का छ ।

 


प्रतिक्रिया दिनुहोस्