जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

टोकियो, १० साउन /  जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उहाँको गत आइतबार निधन भएको बिहीबार जानकारी दिएको हो ।

                                 The Asahi Shimbun via Getty Images

सन् १९०१ को मे २ तारिखमा जन्मिनु भएका मियाको गत अप्रिलदेखि जापानको सबैभन्दा ज्येष्ठ नागरिक हुनुहुन्थ्यो । गत अप्रिलमा ११७ वर्षकै उमेरमा नावि ताजिमाको निधन भएको थियो । आइतबार निधन हुनु भएकी मियाको संभवतः संसारकै सबैभन्दा ज्येष्ठ नागरिक भएको अनुमान गरिएको थियो । उहाँको निधनपछि जापानमा अब सबैभन्दा ज्येष्ठ नागरिक काने तानाका बन्नुभएको मन्त्रालयले जनाएको छ ।

तानाकाको जन्म सन् १९०३ जनवरी २ तारिखमा भएको थियो । उहाँ अहिले ११५ वर्षको हुनुभएको छ । जापानकै सबैभन्दा ज्येष्ठ पुरुष भने ११३ वर्षका मासाजो नोनाका बन्नुभएको छ । उहाँलाई विश्वकै सबैभन्दा ज्येष्ठ पुरुष मानिन्छ । उहाँको नाम गिनिज बुकमा पनि विश्वकै सबैभन्दा ज्येष्ठ पुरुषको रुपमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्