नयाँ अध्यायसहित लिटिल आईडलको खोजी सुरु

काठमाडौँ, १० श्रावन / प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्ट प्रालीको संयुक्त आयोजनामा हुने मिस लिटिल आइडल २०१८ को तयारी सुरु भएको छ ।

बिभिन्न बिधालयमा अध्यनरत छात्राहरुमा गुणस्तरीय अध्यनका साथै उनिहरुलाई सिर्जनात्मक काममा प्रेरित गर्न प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले संयुक्त रुपमा यो प्रतियोगीता गरेको हो । प्रतियोगीतामा सहभागी बिद्यार्थीको ब्यक्तिव बिकास, क्षमता अभिबृद्वि, लुकेको प्रतिभा प्रस्फुटन एंब अतिरिक्त क्रियाकलापमा सुधारलगायत धेरै कुरा प्रभाबकारी भएको मिस लिटिल आईडललाई निरन्तरता दिइएको प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण क्षेष्ठले बताउनुभयो ।

प्रतियोगीतामा एक्सन इन्टरटेनमेन्टको अनुभव र शिक्षा क्षेत्रमा त्रियासिल प्याब्सन काठमाडौंको सहकार्यबाट यो प्रतियोगीतामा निजी तथा सरकारी बिद्यालयमा अध्यनरत देशभरका आठदेखी १३ बर्ष उमेर समुहका बालिका सहभागी हुन सक्ने छन् । सन् २००९ देखी वार्षिक रुपमा यो प्रतियोगीता आयोजना गर्दै आएको एक्सन इन्टरटेनमेन्टसँग २०७२ सालदेखी प्याब्सन काठमाडौंले सहकार्य सुरु गरको हो ।प्रतियोगीताका शिर्ष उपाधि बिजेतालाई नगद पुरस्कार एबं ताजसहित प्याब्सनको संयोजनमा सम्बन्धित बिद्यालयसँग समन्वय गरी मासिक शुल्कमा एकबर्षको छात्रवृति, फस्ट रनरअप एवं सेकेन्ड रनरअपलाई नगद पुरस्कार एवं ताजसहित प्याब्सनको संयोजनमा सम्बन्धित बिद्यालयसँग समन्वय गरी मासिक शुल्कमा एक बर्षको ५० प्रतिसत छात्रवृति प्रदान गरिने छ ।

पत्रकार सम्मेलनमा प्याब्सन काठमाडौंकी सहसचिव एवं पिस लिटिल आइडल २०१८ की संयोजक रिता राई (दाहाल)ले प्रतियोगीता उपलब्धीमुलक एवं सहभागीमा सकारात्मक परिर्वर्तन देखिएकाले निरन्तरता दिइएको बताउनुभयो । ‘अहिलेका बिद्यार्थी किताबमा मात्र सिमित भएर हँदैन । त्यसैले कोर्षमा नभएका तर समयअनुसार आवस्यक क्षमता अभिवृदिका लागि यस्तो प्रतियोगीता आवश्यक छ’, संयोजक राईले भन्नुभयो । सो अवसरमा कोरियोग्राफर रोजिन शाक्यले प्याब्सनजस्तो गरिमामय शैक्षिक संस्थाको आयोजनामा हुने प्रतियोगीतामा कोरियाग्राफी गर्न पाउनु आफ्नो लागि गौरवसँगै चुनौती पनि रहेको बताउनुभयो । बालिकामा निहित प्रतिभा प्रस्फुटन, व्यक्तित्व बिकास, आत्मबिश्वास अभिबृद्वि, नेतृत्वदायी भुमिका निर्वाह, गुणस्तरीय अध्यन एबं सिर्जनात्मक कार्यमा लाग्न प्रतियोगीताले प्रेरित गर्ने आयोजकको भनाई छ । मिस लिटिल आइडलको यो नवैं संस्करण हो ।


प्रतिक्रिया दिनुहोस्