राजरोबटको एकल सङ्गीत रहेको कर्णप्रिय गितहरुको संगालो ‘समर्पण’ सार्वजानिक

अरुण पोष्ट संबाददाता

काठमाण्डौं, ११ आषाढ / चर्चित गीतकारहरुको शब्दमा राजरोबट अजनबीको एकल संङगीत रहेको कर्णप्रिय गीतहरुको सङ्गालो समर्पण भाग एकको बिहिबार बिमोचन भएको छ ।  हटलिप्स रेस्टुरेन्ट भिमसेनगोलामा एक कार्यक्रम माझ बरिष्ठ साहित्यकार तिल बिक्रम नेम्वाङ (बैरागी काईला)को हातबाट बिमोचन भएको हो । उक्त कार्यक्रममा बैरागी काईला, संङगीतकार भिषण मुकारुङ, गायिका सुनिता थेगिम, पुर्णीमा लामा लगायत बिभिन्न प्रतिष्ठित ब्यत्तित्वहरुको उपस्थिति रहेको थियो ।

दिउसो दुइ बजेबाट सुरु भएको कार्यक्रम बेलुकी पाँच बजे समापन भएको थियो । कार्यक्रममा गायिका सुनिता थेगिम, पुर्णीमा लामा लगायतका गायिकाले एल्वममा समावेस आ-आफ्नो गीत गाएका थिए । जम्मा बाह्र वटा गीतहरु समाबेस गरिएको उक्त एल्वममा नेपालका चर्चित गायक गायिकाहरुले आवाज भरेका छन् । जम्मा बाह्र वटा गीत समावेस गरिएको एल्वममा निम्न गीतहरु छन : चौतारीमा बर, तिम्रो पनि मनै त हो, छोडी आए जन्मभुमि, एता दुखेको मन छ, मेरो साथमा, मनको आगन, साँचो कुरा, कान्छा राम्रो, नाता सबै टुटेपछि, नदिबिना थोपा एक जल, जुन दिन देखि र लिम्बू गीत मिम्जिमे लगायतका गीतहरु समाबेस छन्। यो एल्वममा गायिका मेलिना राई, सुनिता थेगिम, पूणिमा लामा, ब्रबिम शेर्मा, निलिमा साम्पाङ, कुमार ओख्रेली, गोबिन्द चेम्जोङ, रुप कुमार राई, मनिशा राई र अन्जना चाम्लिङ आदि गायक गायिकाले आवाज दिएका छन् ।

डाँडा ठुलेको नाति, निलिमा साम्पाङ, सागर राउत, सीता तुम्खेवा, आकाश क्षितिज लिम्बू, दिनेश बस्नेत मायालु, युवराज साम्पाङ, जानु काम्बाङ , राम नशा सापकोटा, सकुन्तला प्रयाशी र प्रदिप तुखेशा रैकारवारको शब्द रहेको छ । एल्वममा समाबेस सबै गीतहरु युट्युवमा उपलब्ध छ ।


प्रतिक्रिया दिनुहोस्