रोनाल्डोको विकल्पमा काभानी – रियल म्याड्रिड

म्याड्रिड ,/  रियल म्याड्रिडले क्रिस्टियानो रोनाल्डो विकल्प अहिले सम्म  हेरिरहेको छ । रियलले पेरिस सेन्ट जर्मेन पिएसजी का फरवार्ड इडिन्सन काभानीलाई सम्भावित विकल्पको रुपमा हेरेको छ ।

पिएसजीकै नेयमार र केलियन एमबाप्पे भन्दा सस्तोमा भित्राउन सकिने सम्भावना भएकोले रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले काभानीमा चासो देखाएका छन् । रसिया विश्व कपमा काभानीले उरुग्वेका लागि २ गोल गरेका थिए ।

सन् २०१३ मा नेपोलीबाट पिएजसी पुगेयता काभानी टोलीका मुख्य खेलाडी रहँदै आएका छन् । त्यसयता उनले हरेक सिजन औसतमा ३४ गोल गरेका छन् । गत सिजन पिएसजीका लागि उनले सबै खाले प्रतियोगितामा गरि ४० गोल गरेका थिए । पिएसजीसँग उनको सम्झौता सन् २०२० सम्मको छ ।

पिएसजीले भने उनलाई ८९ मिलियन पाउन्ड भन्दा कममा नबेच्ने मन बनाएको बताइएको छ । त्यसका लागि रियल तयार हुने नहुने अझै प्रष्ट भने पारेको छैन । एजेन्सी


प्रतिक्रिया दिनुहोस्