रोनाल्डोले केइभोविरुद्ध ‘डेब्यू’ गर्ने सम्भावना

टुरिन (एजेन्सी) / क्रिस्टियानो रोनाल्डोले अगस्ट १९ मा किइभोसँग खेल्दै युभेन्ट्सबाट ‘डेब्यू’ गर्ने सम्भावना रहेको छ । पोर्चुगिज सुपर स्टार विश्व कपपछि छुट्टीमा रहेका छन् । अहिले उनी टोलीको प्रि सिजन भ्रमणमा आबद्ध छैनन् ।

सिरि ए च्याम्पियन टोलीले भेरोना भ्रणण गर्दा रोनाल्डो खेल्ने समर्थकहरुले अपेक्षा गरेका छन् । रोनाल्डो १ सय मिलियन पाउन्डमा रियल म्याड्रिडबाट युभेन्ट्समा आबद्ध भएका थिए । प्रशिक्षक मासिमिलानो अलिग्री र टोलीका अन्य साथीलाई प्रभाव पार्नका लागि पनि रोनाल्डो आफै ‘डेब्यू’का लागि ढिला गर्न चाहदैनन् ।

अहिले बिदामा रहेको रोनाल्डोले बिहिबार मात्र प्रेमिका जर्जियो रोड्रिग्वेजसँगको तस्बिर इन्स्टाग्राममा पोष्ट गरको थिए । केहि सातापछि सुरु हुने सिरिएमा रोनाल्डोको डब्यूलाई विशेष बनाउने अपेक्षा समेत गरिएको छ । उनले युभेन्ट्सको घरेलु मैदानमा भने लाजियोविरुद्ध अगस्ट २६ मा खेल्ने सम्भावना रहेको छ । अमेरिका भ्रमणमा रहेको युभेन्ट्स इन्टरनेसल च्याम्पियन्स कपमा भाग लिइरहेको छ । जहाँ टोलीले रोनाल्डोको पूर्व क्लब रियलसँग प्रतिस्पर्धा गर्नेछ । कतिपयले त्यसमा पनि रोनाल्डोलाई देख्न पाइने अपेक्षा गरेपनि त्यसको सम्भावना कम छ ।


प्रतिक्रिया दिनुहोस्