आज गुरु पूर्णिमाः गायक शिव परियार गुरुप्रति श्रद्धाभाव व्यक्त गर्न श्री संङ्गीत पाठशाला पुगे

अरुण पोस्ट संबाददाता

काठमाडौं, ११ श्रावन / आज आषाढ शुक्ल पूर्णिमा (गुरु पूर्णिमा)का दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी श्री सङ्गीत पाठशालामा गुरु पूर्णिमा पर्व मनाईएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार’ ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ । उपत्यकाकै चिर परिचित सङ्गीत पाठशाला मध्येका एक श्री सङ्गीत पाठशाला २०६६ साल मङसिर २४ गते स्थापना भएको हो । काठमाडौंको कालिकास्थानमा अवस्थीत यो  सङ्गीत पाठशालामा आज शिव परियार, राज शिग्देल जस्ता चर्चित गायकहरु उपस्थित भई आफ्ना गुरु चण्डी प्रसाद काफ्ले प्रति सम्मान भाव प्रकट गरेका छन् ।

आषाढ शुक्ल पूर्णिमा (गुरु पूर्णिमा)को अवसर पारेर आज दिनभर श्री सङ्गीत पाठशालामाका बिद्यार्थी लयाएतका सोहि पाठशालाबाट संङगीत शिक्षा प्राप्त गरेका चर्चित गायकहरुले गीत गाएर हर्स उर्लास साथ मनाएका थिए । बिषेशगरि आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन छ ।

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस्