बाढीका कारण म्यानमारमा हजारौँ विस्थापित

म्यानमार,/   म्यानमारमा आएको बाढीका कारण हजारौँ विस्थापित भएको अधिकारीहरूले जनाएका छन् । बाढी प्रभावितहरूलाई स्वयमसेवक तथा उद्धारकर्ताहरूले राहत तथा सहयोग उपलब्ध गराएका छन् ।

अत्यधिक बर्षापछि आएको बाढीले कारेन र मोन प्रदेश तथा बागो क्षेत्र डुवानमा परेको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् ।
“हपा अनका झण्डै छ हजार जना विस्थापित भएका छन् भने म्यावाडीबाट झण्डै चार हजार जना विस्थापित भएका छन्,” कारेन प्रदेशका प्रहरी प्रमुख कि लिनले एएफपीलाई बताउनुभयो । थाइल्याण्डसँगको सिमा क्षेत्रमा पर्ने अरु ठाउँहरूमा पनि बाढीको प्रभाव परेको समाचारमा जनाइएको छ ।
म्यानमारको समाजकल्याण मन्त्रालयले झण्डै १६ हजार जना विस्थापित भएको जनाएको छ । करेना प्रदेशको आठ ठाउँका बासिन्दा बढी प्रभावित भएको प्रहरी अधिकारीहरूको भनाई छ । मोन प्रदेश र बागो क्षेत्रका के कति जना प्रभावित भएका छन् भन्ने बारेमा भने अहिले सम्म एकिन नभएको बताइएको छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्