शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण कुन देशबाट कस्तो देखियो ?( तस्विरमा हेर्नुहोस )

काठमाडौं, ११ साउन /  शुक्रबार मध्यरातिदेखि शनिबार बिहानसम्म शताब्दीकै सबैभन्दा लामो खग्रास चन्द्रग्रहण सुरु भएको छ । नेपालमा यो खग्रास चन्द्रग्रहण मध्यराति बाह्र बजेर नौ मिनेटदेखि चार बजेर चार मिनेटसम्म तीन घण्टा ५५ मिनेट लाग्नेछ ।

पृथ्वीको छायाले पूरै ढाकेर खग्रास ग्रहण हुँदा चन्द्रमामा रातोपन देखिने भएकाले यसलाई ’ब्लड मून’ अर्थात् रक्तचन्द्र पनि भनिन्छ । एशिया एवम् दक्षिण अमेरिकाका अधिकांश भाग एवम् युरोप, मध्यपूर्व, अफ्रिका, अस्ट्रेलियाबाट यो ग्रहण देखिनेछ ।

ग्रहण लाग्दा चन्द्रमा पृथ्वीको छायाको मध्यभाग हुँदै अघि बढ्छ। आजको खगोलीय घटना नै चन्द्रग्रहण हुन सक्ने सबैभन्दा लामो अवधि भएको म्यान्चेस्टर विश्वविद्यालयका खगोलशास्त्री प्राध्यापक टिम ओ९ब्राएनले बताएका छन्। सन् २०७१ चैत २१ गते यो शताब्दीको सबैभन्दा छोटो चन्द्रग्रहण लागेको थियो। त्यतिबेला पाँच मिनेटको चन्द्रग्रहण लागेको थियो ।

पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकिदिन्छ । त्यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छाया देखिन्छ । छायाको त्यस्तो अवस्था नै चन्द्रग्रहण हो । चन्द्रमाको पूरै भाग छायाले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण भनिन्छ र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ । चन्द्रग्रहण पूर्णिमा तिथिका दिन लाग्दछ ।

फोटो फिचर

                                                      ग्रिकदेखि देखिएको दृश्य । तस्बिर : रोयर्टस
                                                टर्कीबाट देखिएको दृश्य
                                                दुबईबाट देखिएको दृश्य । तस्बिर : रोयर्टस
                                    इजरायलबाट देखिएको दृश्य । तस्बिर : एपी
                                                         इजरायलबाट देखिएको दृश्य
                                     जर्मनीबाट देखिएको दृश्य । तस्बिर : एफपी
                       दुबईबाट देखिएको दृश्य । तस्बिर : रोयर्टस
                                    टर्कीबाट देखिएको दृश्य
इजिप्टबाट देखिएको दृश्य, तस्बिर रोयटर्स

 


प्रतिक्रिया दिनुहोस्