एमबाप्पेले पिएसजीमा ७ नम्बर जर्सी लगाउने

पेरिस / लिग १ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अबको सिजन केलियन एमबाप्पले ७ नम्बर जर्सी लगाउने बिहिबार घोषणा गरेको छ । गत सिजन मोनाकोबाट लोनमा पिएसजी पुगेका एमबाप्पेले २९ नम्बर जर्सी लगाउथे ।

७ नम्बर जर्सी अघिल्लो सिजन पिएसजीमा ब्राजिलियन विङ्गर लुका माउराले गराउथे । माउला जनवरीमा टोटेनह्याम पुगेका छन् । संयोगनै मान्नुपर्छ माउराले पनि सन् २०१४ जुन ७ देखि २९ बाट ७ नम्बर जर्सी लगाउन थालेका थिए । ‘जर्सी नम्बर कति लगाउने भन्नेलाई मैले कहिल्यै महत्व दिइन । मैदानमा कस्तो खेलिन्छ त्यो बढी महत्वपूर्ण हो,’ १९ वर्षे एमबाप्पले भनेका छन्,‘ तर, पनि जर्सी नम्बरले तिम्रो लक्ष्य प्रष्ट पार्दछ । तिमित कस्तो बन्न चाहन्छौं त्यो बताउँछ । ’

क्रिस्टियानो रोनाल्डोको फयान रहेका एमबाप्पले अगाडि भने,‘ ७ नम्बर महान नम्बर भइसकेको छ । थ्रुपै राम्रा खेलाडीले यो जर्सी लगाएका छन् । मलाई लाग्छ राम्रो प्रदर्शनले म पनि यो जर्सीको महत्वलाई राख्ने छु । म आफुलाई अझै सुधार गरेर खेल्ने प्रायस गर्नेछु । एजेन्सी


प्रतिक्रिया दिनुहोस्