काठमाडौंमा फोटोपत्रकारहरुको भेला सम्पन्न

काठमाण्डौं, १२ साउन / राष्ट्रिय फोटो पत्रकार समूह ,काठमाडौं (एनएफपीजे )मा आवद्ध भएका तथा संस्थामा आस्था राख्ने फोटो पत्रकारहरुको भेला तथा छलफल सम्पन्न भएको छ । काठमाडौंमा रहेर विभिन्न सन्चारसंस्थामा फोटोपत्रकारीता क्षेत्रमा कार्यरत २५ जना भन्दा बढि फोटोपत्रकाहरुको भेला भएको हो ।

रातोपाटी डटकमका फोटोपत्रकार कृष्ण खड्काको अध्यक्षतामा बसेको भेटघाट तथा छलफल भेलाले विगत २१ वर्ष देखि स्थापना भइ आएको राष्ट्रिय फोटो पत्रकार समूह,काठमाडौ लाई अझै सक्रिय रुपमा अगाडी वढाउने निस्कर्षमा पुगेको जनाएको छ ।

उक्त भेलाले हाल काठमाडौंमा रहेको (एनएफपीजे )को ११ औं वार्षिकउत्सव तत्काल गर्न दवाव दिने र नयाँ साधारण सदस्यको लागी फोटोपत्रकारहरुलाई सदस्यता दिने साथै राष्ट्रिय फोटो पत्रकार समूह ,काठमाडौं (एनएफपीजे )लाई सक्रिय रुपमा फोटोपत्रकारहरुको नेतृत्वमा सबै खाले हकहितको लागि अझै एक ढिक्का भएर अगाडी वढ्ने र संस्थालाई चलायमान वनाउने निर्णय गरिएको खड्काले बताए ।


प्रतिक्रिया दिनुहोस्