चीनले बनायो यस्तो अद्भुत विश्वकै ठूलो कृतिम झरना

एजेन्सी / चीनको गुईझाउमा विश्वकै ठूलो कृतिम झरना बनाइएको छ । १०८ मिटर अग्लो झरना गुईझाउको राजधानी गुईयाङ्गमा बनेको एक भव्य नयाँ गगनचुम्मी भवनबाट खसिरहेको छ । १२१ मिटर अग्लो उक्त भवनलाई लेइवियन अन्तराष्ट्रिय प्लाजा नाम दिइएको छ । यो बहुउपयोगी गगनचुम्मी भवन हो । यहाँ एक होटेल, सपिङ्ग मल र कार्यालयहरु रहने छन् ।

तर, भवनमा झरना निर्माण गर्ने कार्य त्यति सजिलो भने छैन । यसैले यसलाई विशेष अबसरमा मात्र प्रयोगमा ल्याइने अधिकारीहरुले बताएका छन् । माथिबाट झरेको पानी जम्मा पार्न र संग्रह गर्नको लागि एक विशाल पानी ट्याङ्की भुईंमा राखिएको छ । झरना निर्माण गर्नको लागि दुई घण्टाको तयारी लाग्छ । यसलाई १८५ किलोवाट क्षमताको पानी तान्ने पम्पले संचालन गर्छ । एक घण्टा झरना चालु राख्दा गर्दा भवनको बिजुली मिटरमा ११ हजार रुपैयाभन्दा बढी रकम उठ्छ ।

चीनको दक्षिण पश्चिममा रहेको गुईझाउ चीनको सबैभन्दा छिटो विकास गरिरहेको प्रदेश हो । यहाँ कयैन विशाल परियोजनाहरु निर्माणाधीन छन् । यो प्रदेशमा अहिले नै विश्वको सबैभन्दा ठूलो एकल–छातायुक्त रेडियो टेलिस्कोप र विश्वको सबैभन्दा अग्लो पुल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्