वनभोजका लागि हिँडेका ३३ जना विश्वविद्यालयका कर्मचारीको सडक दुर्घटनामा मृत्यु

मुम्बई, भारत विश्वविद्यालयमा कार्यरत कर्मचारीहरूलाई लिएर पश्चिम भारतको हिमाली क्षेत्रमा गुडिरहेको बस शनिबार सडकबाट खस्दा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।महाराष्ट्र राज्यको राइगढ जिल्लामा भएको उक्त सडक दुर्घटनामा बसमा यात्रारत एक जनामात्र जीवित रहेको जानकारी प्राप्त भएको छ ।
दुर्घटनाग्रस्त बसले दापोली कृषि विश्वविद्यालयका कर्मचारीलाई लिई प्रसिद्ध पहाडी वनभोजस्थल महावालेश्वर गएको घटनामा बाच्न सफल एक कर्मचारीले स्थानीय प्रशासनलाई बताएका राईगढ जिल्ला प्रशासन कार्यालयका विजय सुर्यवंशीले एएफपीलाई बताउनुभयो । भारतीय राष्ट्रिय विपद व्यवस्थापन बलका कमान्डर अनुपम श्रीवास्तवले एएफपीसँग भन्नुभयो, “बसमा यात्रारत ३३ जनाको मृत्यु भएको छ भने एक जनाले सकुशल रहेको प्रहरीले पुष्टि गरेको छ । मृतक सवैजनाको शरीरलाई स्थानीय र प्रहरीको सहयोगमा दुर्घटनास्थलबाट उद्धार भइरहेको छ ।”  दुर्घटनास्थल विकट पहाडी क्षेत्रमा भएको र दुर्घटनामा बाच्न सफल एक यात्रुले दुर्घटनाबारे जानकारी गराएको उहाँले बताउनुभयो ।?रउश्र
?उ अबिकक.ूउयउएबचबूश्रभारतको पहाडी क्षेत्रमा रहेको कमजोर सडक संरचना, चालकहरूको लापर्बाही र पूराना गाडीहरूका कारण देशभर हरेक बर्ष एक लाख ५० हजार यात्रुले ज्यान गुमाउने गर्छन् ।  यसै महिनाको शुरुमा पनि भारतको उत्तरी क्षेत्रमा भएको सडक दुर्घटनामा ४८ जनाको मृत्यु भएको थियो भने अन्य केही व्यक्ति घाइते भएका थिए । राससरएएफपी


प्रतिक्रिया दिनुहोस्