मेक्सिकोका प्रशिक्षक ओसोरियोबाट पदबाट राजीनामा

लन्डन / मेक्सिकोका प्रशिक्षक जुवान कार्लोस ओसोरियोले शनिबार मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । मेक्सिकन फुटबल फेडेरेसनले उनको सम्झौता नवीकरण गर्न अफर गरेपनि उनले फेडेरेसनको अफरलाई अस्वीका गर्दै पदबाट राजीनामा दिएका हुन् ।

‘म आफैले पदबाट राजीनामा दिएको हु । मलाई ३ वर्षसम्म साथ दिने सबै स्टाफहरुलाई धन्यवाद दिन चहान्छु । जहाँ मैले अनुभव लिने मौका पाए ।’ राजीनामा दिएपछि ओसोरियोले भनेका छन् । रसिया विश्वकपमा विश्वविजेता जर्मनीलाई १–० ले पराजित गरेर सनसनी मच्चाएको मेक्सिको प्रि–क्वार्टरफाइनलमा ब्राजिलसँग २–० ले पराजित भएको थियो ।

जर्मनीलाई पराजित गरेपनि उनी मेक्सिकन समर्थकमाझ लोकप्रिय हुन सकेको थिएन । विश्वकप दौरान जर्मनीलाई पराजित गरेको खेलमा पनि मेक्सिकन समर्थहरुले ‘ओसोरियो आउट’ लेखेको प्ले कार्ड प्रर्दशन गरेका थिए । सोही कारण पनि उनले सम्झौता नवीकरणको प्रस्तावलाई अस्वीकार गरेको बताइएको छ ।

२०१५ मा मेक्सिकन टिको मुख्य प्रशिक्षक बनेको ५६ वर्षीय कोलम्वियन ओसोरियाको प्रशिक्षणमा मेक्सिकोले ५२ खेल खेल्दा ३३ खेलमा जित हात पारेको थियो । १० खेलमा हार र ९ खेल बराबरी खेलेको थियो ।

-एजेन्सी


प्रतिक्रिया दिनुहोस्