ताप्लेजुङ काठमाडौं युबा समाजलाई सिसेक्पा कपको उपाधि

काठमाडौं,/ ताप्लेजुङ काठमाडौं युबा समाजले सिसेक्पा कप फुटसल प्रतियोगिता २०७५ को उपाधि जितेको छ ।

 

सिसेक्पा तङनाम साउने संग्रातिको अवसरमा याक्थुङ युवा मञ्च काठमाडौँले आईतबार मन्डिकाटारको ग्रासरुट फुटसल खेल मैदानमा सिसेक्पा कपको आयोजनामा गरेको हो । लिम्बु विद्यार्थी मञ्च उपत्यका सँग भएको फाइनल खेलमा ताप्लेजुङ काठमाडौं युबा समाजले १-० को जित निकाल्दै उपाधी रक्षा गरेको हो।

सेमि फाइनलमा बिजेता टिम ताप्लेजुङ काठमाडौं युबा समाजले उच्यु उच्यु क्लब काठमाडौं तथा उपबिजेता लिम्बू विद्यार्थी मन्चले याङतारु क्लबलाई पाखा लाउदै फाईनल सम्मको यात्रा पक्का गरेको थियो। उपाधिसँगै ताप्लेजुङ काठमाडौं युबा समाजले ४० हजार प्राप्त गर्यो । उपविजेतामा सीमित भएको लिम्बु विद्यार्थी मंञ्च उपत्यकाले १५ हजारमा चित्त बुझायो।

 

प्रतियोगिताको उत्कृष्ट खेलाडीमा याङ्तारुका रमेश घिसिङ, गोलकिपरमा उच्यु उच्युका रितुबर्ण लिम्बू, डिफेन्डरमा उपाधी बिजेता टिमका बिकेस लिम्बु छनौट भएका छन् । शनिबार एक कार्यक्रम माझ ललितपुर चुम्लुङ हिममा पुरस्कृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्