लेमार स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित

 पेरिस  /  फ्रान्स तथा फ्रेन्च क्लब एएस मोनाकोका मिडफिल्डर थोमस लेमार स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन् । मड्रिडले लेमारलाई ५२ मिलियन पाउन्डमा पाँच वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो । यससँगै लेमार २०२३ सम्म मड्रिडमा रहनेछ ।

मड्रिडले सोमबार २२ वर्षीय लेमारलाई सार्वजनिक गरेको हो । फ्रान्सले रसिया विश्वकपको उपाधि जित्दा टिमका सदस्य रहेका लेमारले मड्रिडमा अनुबन्ध भएसँगै मड्रिडमा अनुबन्ध हुन पाउन आफ्नो लागि खुशीको कुरा रहेको बताएका छन् ।

‘म यहाँ आउन पाउदा एकदमै खुशी छु । यहाँ फ्रान्सका मेरा सहयात्री एन्टोइन ग्रिजम्यान र लुकास हर्नान्डेज साथमा हुनेछ । सहयात्री सँगै हुदा मलाई पनि सजिलो हुनेछ ।’ सम्झौता पछि लेमारले भने, ‘गिज्रजम्यान र लुकासले यसअघि नै क्लबबारे मलाई जानकारी गराएका थिए । । म मेरो निर्णयमा खुशी छु । म टिमलाई आफ्नो सक्ने राम्रो दिनेछु ।’एजेन्सी


प्रतिक्रिया दिनुहोस्