प्रधानन्यायाधीशमा सिफारिस जोशीबारे विशेष समितिको बैठकले आज निर्णय गर्ने

काठमाडौं,/ आज दिउँसो तीनबजे बस्ने संसदीय सुनुवाई विशेष समितिको बैठकले दीपकराज जोशीबारे निर्णय गर्ने छ । तर, जोशीबारे निर्णय हुन केही घण्टा मात्रै बाँकी रहेपनि समितिका सदस्यहरुबीच एकमति हुन सकेको छैन ।

जोशीको नाम प्रधानन्याधीशमा अनुमोदन गर्नुपर्ने र गर्न नहुनेमा समिति सदस्यहरुको मत विभाजित छ । समितिमा रहेका सत्तापक्षका सांसदहरु जोशीको नाम अस्वीकृत गर्नुपर्ने पक्षमा छन् भने प्रतिपक्षका सांसदहरु अनुमोदन गर्नुपर्ने अडानमा छन् ।

सत्तापक्षका सांसदहरुले जोशीको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै जोशीको नाम अनुमोदन गर्न नहुने बताउँदै आएका छन् ।यद्यपी समितिले जोशीबारे जुनसुकै निर्णय गरेपनि सर्वसम्मत गर्ने बताउँदै आएका छन् । तर, अहिलेसम्मको स्थिति हेर्दा सर्वसम्मत निर्ण हुने सम्भावना कम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्