साउथगेटलाई इंग्ल्यान्डको नयाँ प्रस्ताव

लन्डन  / ग्यारेथ साउथगेटलाई इंग्लयान्ड फुटबल संघले नविकरणका लागि नयाँ प्रस्ताव पेश गर्ने तयारी गरेको छ । सन् २०२० भन्दा बढी इंग्लयान्डको प्रशिक्षक भएर बस्न नयाँ प्रस्ताव पेस गर्ने बताइएको छ ।

नयाँ प्रस्तावमा उनको सेवा सुविधा र तलबमा समेत बृदि गरिने छ । साउथगेटको इंग्लयान्डमा अझै दुई बर्षको सम्झौता बाँकी तर पनि उनले फिफा विश्वकप २०१८ मा इंग्लयान्डलाई सेमिफाइनल सम्म पुर्याएको खुसीले सम्झौता नविकरण गर्न चाहेको बताइएको छ ।

रुस विश्वकपमा गरेको प्रदर्शन पछि उनलाई क्लबले आकर्षित गर्न सक्ने सम्भावना छ । एफएको विश्वास छ की नयाँ प्रस्तावले उनलाई इंग्लयान्ड टोली मै रहन मद्दत गर्ने विश्वास लिइएको छ । उनी र एफए बीचको कुराकानी अर्को हप्ता मात्र सुरु हुने बुझिएको छ । यतिखेर रुस विश्व कप पछि साउथगेट विदामा छन् ।

नयाँ सम्झौताले साउथगेटनै कतारमा हुने विश्वकप २०२२ मा पनि देखिने अनुमान गर्न सकिन्छ । एफए कार्यकारी प्रमुख मार्टिन ग्लेनले भने, ‘साउथगेट उत्कृष्ट छन् । हामी चाहन्छौ की उनी २०२० पछि सम्म रहुन । मलाई लाग्छकी यो प्रस्ताव हामी दुवैलाई सहमत हुने छ ।’

-एजेन्सी


प्रतिक्रिया दिनुहोस्