नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन कम पर्यटक आउने समयलाई लक्षित गरिने

बीबीसी/ नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन् २०२० मा निकै महत्त्वाकाङ्क्षी लाग्ने २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पूरा गर्न पर्यटकहरू न्यून सङ्ख्यामा आउने मौसममा उनीहरूलाई आकर्षित गर्ने योजना अघि सारिएको पर्यटन विभागले जनाएको छ।

NTB

सोहीअनुरूप धेरै पर्यटक आउने देश भारत र चीन लगायतका देशमा नेपालका पर्यटकीय गन्तव्यको प्रचारप्रसारको काम अघि बढाइएको बताइएको छ।
नेपालमा पर्यटकको आकर्षण धेरै भएको बताउने पर्यटन व्यवसायीहरूले भने विमानस्थल, सडकजस्ता भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने खाँचो औँल्याएका छन्।
दोब्बर
सन् २०१७ मा झन्डै १० लाख पर्यटक नेपाल आएका थिए। अबको डेढ वर्षपछि सुरु हुने नेपाल भ्रमण वर्षभरिमा पर्यटकको सङ्ख्या दोब्बर बनाउने लक्ष्य सरकारले लिएको छ।
कतिपयले यसलाई सरकारको महत्त्वाकाङ्क्षी योजना भनिरहेका बेला पर्यटन बोर्डले वर्षैभरि पर्यटन आउने अवस्थाको सिर्जना गर्न लागिएको जनाएको छ।
भारत र चीन दुईवटा बजारमा अझै बढी प्रचारप्रसार गर्ने छौं म्यानमार‚ भियतनाम, बाङ्ग्लादेशबाट पनि राम्रै संख्यामा पनि पर्यटक भित्र्याउन सकिन्छ।
बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी भन्छन्, ूअक्टोबर, नोभेम्बर र डिसेम्बरमा जहिले पनि ठूलो सङ्ख्यामा पर्यटकहरू भित्रिने तर गर्मी र वर्षाको बेला साह्रै कम पर्यटक आउने भएकाले कम पर्यटक आउने समयलाई लक्षित गरेर विशेष प्रचार प्रसारको काम गर्दैछौँ।
त्यसका लागि सन्देश र लोगो सातवटा भाषामा बनाएर पठाइसकिएको उनको भनाइ छ।
भारत(चीन लक्षित

NTB

नेपालमा धेरै पर्यटक आउने देशमा भारत पहिलो‚ चीन दोस्रो र संयुक्त राज्य अमेरिका तेस्रोमा पर्छन्।
ती देशहरूका अतिरिक्त अन्य देशहरूमा नेपाल सबैजसो पर्यटकीय गन्तव्यहरूको बारेमा जानकारी पुर्याउने र उनीहरूलाई आकर्षित गर्ने गरी काम अघि बढाइएको कार्यकारी अधिकृत जोशी बताउँछन्।
उनी भन्छन्, ूभारत र चीन दुईवटा बजारमा अझै बढी प्रचारप्रसार गर्नेछौँ। म्यानमार‚ भियतनाम‚ बाङ्ग्लादेशबाट पनि राम्रै सङ्ख्यामा पनि पर्यटक भित्र्याउन सकिन्छ।ू
नेपाल वायुसेवा निगमले थपेका दुईवटा जहाजले जापान र कोरिया उडान गरे पर्यटकको सङ्ख्या बढ्ने उनको अपेक्षा छ।
पूर्वाधार
पर्यटकहरूको आकर्षण धेरै छ। विमानस्थलको स्तरोन्नति गर्ने काम र पर्यटक जाने ठाउँको सडक निर्माण तीव्र गतिमा निर्माण गर्नुपर्छ।अम्बिका श्रेष्ठ, पर्यटन व्यवसायी
तर सरकारले आफ्नो लक्ष्य पूरा गर्न सघाउने ढङ्गले पूर्वाधार विकासमा खर्च गर्न कन्जुस्याइँ गरेको पर्यटन व्यवसायीहरूको गुनासो छ।
विमानस्थल, सडकजस्ता पूर्वाधार निर्माणलाई गति दिनसके लक्ष्य पूरा गर्न कठिन नभएको पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको भनाइ छ।
उनी भन्छिन्‚ पर्यटकहरूको आकर्षण धेरै छ। सडक र उडान प्रभावकारी बनाउन नसकेर समस्या भएको हो। विमानस्थलको स्तरोन्नति गर्ने काम र पर्यटक जाने ठाउँको सडक निर्माण तीव्र गतिमा निर्माण गर्नुपर्छ।ू
भौतिक पूर्वाधारको निर्माण प्रमुख चुनौती रहेको सरकारका अधिकारीहरूको पनि बुझाइ छ। उनीहरूका अनुसार त्यसको निम्ति सरोकारवाला मन्त्रालय र प्रदेश सरकारहरूसँग समन्वय थालिएको बताइएको छ।
सन् २०११ मा पनि नेपाल भ्रमण वर्ष मनाइएको थियो।
त्यो वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएकोमा झन्डै आठ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए।


प्रतिक्रिया दिनुहोस्