किरणले इन्डोनेसियामा हुने एसियाडमा नेपाली फुटबलको कप्तानी गर्ने

काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपालले इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुद उत्रने भएको छ ।

एसियाड र ओलम्पिकमा यू २३ टोलीले भाग लिने भएपनि हरेक टोलीले बढी उमेरका तीन खेलाडी राख्न पाउने प्रावधान अनुसार अखिल नेपाल फुटबल संघ ९एन्फा० ले किरणसहित विशाल राई र रोहित चन्दलाई टोलीमा समावेश गरेको हो । रोहित इन्डोनेसियामै रहेका र उनी त्यहिबाट टोलीमा सहभागी हुने बताइएको छ ।

किरण बुधबार मात्र माल्दिभ्सबाट काठमाडौं आएका थिए । उनी माल्दिभ्समा व्यावसायिक फुटबल खेल्दै आएका छन् । सिनियारिटीको आधारमा किरणलाई कप्तानीको जिम्मेवारी दिइएको एन्फाले जनाएको छ । उनको भिसा प्राप्त नभइसकेकोले उनी आज टोलीसँगै थाइल्यान्ड जान पाएनन् ।

उनी तीन दिनपछि थाइल्यान्ड जाने एन्फाले जनाएको छ । २६ खेलाडीसहित ३२ सदस्यीय टोली एसियाड र साफ च्याम्पियनसिपको अन्तिम तयारीका लागि थाइल्यान्ड गएको हो । त्यहाँ नेपाली टोलीले दुई वटा अभ्यास खेल समेत खेल्नेछ ।

भदौं २ गते देखि १७ गते सम्म एसियाड इन्डोनेसियामा सञ्चालन हुनेछ । एसियाड लगत्तै भदौ १९ देखि बंगलादेशमा साफ च्याम्पियनसिप हुनेछ । नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने छ । थाइल्यान्ड जानुअघि टोलीको विदाईमा राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले नेपाली झन्डा किरणको अनुपस्थितिमा अर्का सिनियर खेलाडी विशाल राईलाई हस्तान्तरण गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्