ब्राजिलियन युवा स्टार खेलाडी जेसस र सिटीबीच दुई बर्षको सम्झौता थपियो

लन्डन / (एजेन्सी ) ब्राजिलका युवा स्टार गाब्रियल जेससले इंग्लिस क्लब म्यानचेस्टर सिटीसँगको सम्झौता थप दुई वर्ष बढाएका छन् । प्रिमियर लिग च्याम्पियन सिटी र जेससबीच थप दुईवर्ष सम्झौता बढाउने सहमति भएको हो । जेसस अब सन् २०२३ सम्म सिटीमै रहने छन् । अघिल्लो वर्षमात्रै सिटीमा पुगेका जेससले २०२१ सम्म सम्झौता गरेको थियो ।

सिटीले अघिल्लो सिजन कीर्तिमानसहित लिग उपाधि जित्दा २१ वर्षे जेससले लिगका २९ खेलमा १३ गोल गरेका थिए । जेससले गत अप्रिलमै सिटीसँग लामो सम्झौता गर्ने तयारी गरेका थिए । तर, यो समर ट्रामन्सफरमा मात्रै सम्भव भएको हो ।

जेससले क्लबसँगको सम्झौता थप्नु आफ्नो उत्कृष्ट निर्णय भएको बताएका छन् । ‘म सबै फ्यानहरुलाई धन्यवाद दिन चहान्छु । किन भने म उत्कृष्ट लिगको उत्कृष्ट क्लब म्यानचस्टर सिटीमा छु,’ उनले भनेका छन्,‘मैले यहाँ आफ्नो व्यक्तिगत र व्यवसायिक जीवनलाई क्रमश सुधार गरिहेको छु ।’

म्यानचेस्टर सिटीका निर्देशक छिकी ब्रिगिस्टेनले विश्व फुटबलमा जेसस उत्कृष्ट युवा फरवार्ड रहेको बताएका छन् । ‘जेससको खेलमा फरकपन छ । जेससले प्रशिक्षक पेप ग्वार्डिओलाको प्रशिक्षणमा सँग कसरी खेलिरहेका छन् । त्यो झनै उत्कृष्ट छ । म अझै उनको खेलमा सुधार आएको हेर्न चहान्छु ।’ निर्देशक छिकीले भनेका छन् ।

गत जुलाईमा रसिया सम्पन्न विश्वकपमा जेससलाई गोल्डेनबुटको दाबेदार मानिएपनि उनले पाँच खेलमा एक गोल गर्न पनि सकेका थिएनन् । उनको टोली क्वार्टरफाइनलमा बेल्जियमसँग २–१ ले पराजित हुदै घर फर्किएको थियो ।


प्रतिक्रिया दिनुहोस्