आर्यन सिग्देलले निर्माण गरेको चलचित्र ‘कायरा’ रिलिज

नायक आर्यन सिग्देल आफैले निर्माण गरेको  प्रतिक्षित चलचित्र ‘कायरा’ आजबाट नेपाल भरका हलहरुमा रिलिज भएको छ । लक्ष्मण रिजालको निर्देशनमा तयार भएको यो चलचित्रले लभ स्टोरी कथालाई उठान गरेको छ । प्रेममा विछोड भएपछि फिलिपिन्स पुगेका यूवाको प्रेमकथामा चलचित्र बनेको छ ।

यस्तै, अहिलेकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक आर्यन सिग्देलको रोमान्स चलचित्रमा हेर्न पाइनेछ । नायक आर्यन सिग्देल केही समयपछि पर्दामा देखिन लागेकाले पनि यसको व्यापारमा धेरैले चासो देखाएका छन् । स्टारडम कमजोर बनेको आरोप खेपिरहेका आर्यनका लागि यो चलचित्र चल्न जरुरी छ । नायक आर्यन सिग्देल आफैले निर्माण गरेकाले पनि यो चलचित्र उनका लागि व्यापारिक रुपमा पनि सफल हुन आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस्