नेदरल्याण्डविरुद्ध नेपाल १ रनले विजयी

काठमाडौं  / नेपालले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्यान्ड्सलाई  पराजित गरेको छ ।

भिआरए मैदानमा भएको खेलमा नेपालको जितमा बलिङतर्फ सन्दीप लामिछाने र ललित भण्डारीले उत्कृष्ट प्रदर्शन गरे भने ब्याटिङतर्फ कप्तान पारस खड्का र सोमपाल कामीले उत्कृष्ट खेल खेले । नेपालले दिएको १ सय १७ रनको विजयी लक्ष्यका साथ खेलेको नेदरल्याण्डले १ सय १६ रन मात्र बनाउन सक्यो । नेदरल्याण्डका लागि वेस्ले वारासीले सर्वाधिक ७१ रन प्रहार गरे भने डीजे तेर वाकले ३९ रन बनाए ।

 

विकेटतर्फ सन्दीपले ३ विकेट लिए भने कप्तान पारस खड्का र ललित भण्डारीले २ विकेट लिए । यसैगरी सोमपाल, बसन्त र दिपेन्द्र सिंह ऐरीले समान एकएक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुँदै २ सय १६ रन बनायो । नेपालको उच्च लक्ष्यमा कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतकीय पारी खेले । एकदिवसीय अन्तर्राष्ट्रि क्रिकेटमा नेपालको लागि अर्धशतक बनाउने दोस्रो खेलाडी बनेका कप्तान पारसले ६९ बलमा ५१ रन जोडे ।

यस्तै अर्धशतक बनाउने तेस्रो नेपाली खेलाडी बनेका सोमपालले ४६ बलमा ६१ रनको अर्धशतकीय पारी खेले । निकै आक्रामक ब्याटिङ गरेका उनले पाँच चौका र ६ छक्का प्रहार गरे । त्यस्तै नेपालका लागि सुबास खकुरेल र दिपेन्द्र सिह ऐरीले समान १९–१९ रन जोड्दा आरिफ शेख १६ तथा ज्ञानेन्द्र मल्ल १३ रनमा आउट भए । नेपालका सन्दीप लामिछाने ८, रोहित कुमार पौडेल ६, अनिल साह ४ रनमा आउट हुँदा ललित भण्डारी ४ रन जोडे ।

 


प्रतिक्रिया दिनुहोस्