‘बोबी’ले मल्टिप्लेक्स हलमा आशालाग्दो व्यापार

यो वर्ष रिलिज भएका प्राय सबै चलचित्रहरुले राम्रो व्यापार गर्न सकेका छैनन् । केही निर्माताले चलचित्र सफल भएको भन्दै हावा फिजाएपनि बक्स अफिस कारोबार दयनिय छ ।  कविता गुरुङ र उमेश थापाको रियल लाइफ स्टोरीमा निर्माण भएको चलचित्र  ‘बोबी’ले भने मल्टिप्लेक्स हलमा आशालाग्दो व्यापार गरेको छ। असारको २९ गतेबाट रिलिज भएको यो चलचित्रले भने निकै आशा लाग्दो व्यापार गरेको छ।

कविता गुरुङ र उमेश थापाको रियल लाइफ स्टोरीमा निर्माण भएको चलचित्रमा अभिनय पनि उमेश र कविताआफैले गरेका छन् । यो चलचित्र सफल भए पनि उमेश र कविता भने सफलता पार्टीमा भावूक देखिए । उनीहरुले दर्शकबाट यति धेरै माया पाउन सफल भएको भन्दै खुशी व्यक्त गरे । यो चलचित्रमा उमेश थापा र कविता गुरुङको मुख्य भूमिका रहेको छ । यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेको हुन्। नरेश भट्टराइले चलचित्रको कथा लेखेका हुन् भने ताराप्रकाश लिम्बुले संगीत गरेका हुन् ।

काठमाण्डौमा आयोजना गरिएको सफलता पार्टीमा यसका निर्माता, कलाकार, निर्देशक र प्राविधिकहरु उपस्थित थिए । चलचित्र रिलिज भएको ३ सातापछि यसको निर्माणपक्षले सफलता पार्टीको आयोजना गरेको हो।

 

 


प्रतिक्रिया दिनुहोस्