सिंहदरबार क्षेत्रमा आज बिहान ८ देखि १२ बजेसम्म विद्युत्त आपूर्ति बन्द हुने

काठमाडौं १९ साउन, /  सिंहदरबार क्षेत्रमा आज केहीबेर विद्युत्त आपूर्ति बन्द हुने भएको छ ।

सिंहदरबार परिसरमा रहेका एच।टी लाइनमा परेका रूखका हाँगाबिँगा काट्न तथा मन्त्रालयहरूमा जडान भएका ट्रान्सफरमरहरुको सफाइका लागि प्राधिकरणले विद्युत्त आपूर्ति बन्द गर्न लागेको हो ।

बिहान ८ बजेदेखि १२ बजेसम्म यो क्षेत्रमा लोडसेडिङ हुने नेपाल विद्युत्त प्राधिकरण, रत्नपार्क वितरण केन्द्रले जनाएको छ ।
प्राधिकरणले शनिबारका दिन सफाइ तथा मर्मत गर्नु परेकोले शनिबारका दिन लोडसेडिङ गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्