नेइमारको नयाँ सिजनको सुरुआत चीनबाट

काठमाडौं  /   पिएसजीका ब्राजिलियन स्टार नेइमार नयाँ सिजनको सुरुआत गर्न चीन पुगे ।  प्रि–सिजन टुरअन्तर्गतको खेल खेल्न टोलीसँगै चीन पुगेका हुन् ।


मोनाकोविरुद्ध फ्रेन्च सुपर कप खेल्न चीन पुगेका उनले टोलीस्सगै प्रशिक्षण पनि थालेका छन् । नेइमार गत फेब्रुअरी २५ मा लिग वानमा मार्सेइलीवरुद्ध खेल्नेक्रममा घाइते भएका थिए । त्यसपछि उनी सोझै विश्वकप खेल्न रसिया पुगेका थिए ।

पिएसजीले बिहीबार र शुक्रबार सेन्जेनस्थित प्रशिक्षण केन्द्रमा प्रशिक्षण गरेको थियो । त्यसक्रममा चीनका थुप्रै खेल समर्थक पनि सहभागी थिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस्