एसपीको नेतृत्वमा सांसद धम्कीबारे अनुसन्धान गर्न समिति बन्यो

 काठमाडौं /  संसदीय सुनुवाई विशेष समितिका सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद् निरुदेवी पाललाई बानेश्वरमा अज्ञात व्यक्तिले दिएको धम्कीको विषयमा अनुसन्धान विशेष समिति काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक ९एसपी० रामदत्त जोशीको नेतृत्वमा गठन भएको छ ।


समितिमा महानगरीय प्रहरी वृत्त, बानेश्वरका डिएसपी गोविन्दराज काफ्ले र प्रहरी निरीक्षक सुरेन्द्र केसी सदस्य रहेक ाछन ।

परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार सांसदमाथि भएको घटनालाई सुक्ष्म रुपले अनुसन्धान र छानबिन गर्न समिति बनाइएको हो ।

प्रहरीले घटनाको अनुसन्धानको क्रममा ७५ जनालाई नियन्त्रणमा लिएको थियो । हाल प्रारम्भिक अनुसन्धानपछि स्क्रीनिङ गरेर उनीहरुमध्ये १६ जनामाथि छानबिन भइरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्