इरानका प्रदर्शनकारीद्वारा धार्मिक विद्यालयमा आक्रमण

तेहरान / इरानका प्रदर्शनकारीले तेहराननजिकै रहेको काराज प्रान्तमा रहेको विद्यालयमा आक्रमण गरेका छन् ।

स्थानीय समयानुसार शुक्रबार बेलुका नौ बजे विद्यालयमा आक्रमण गरेर तोडफोड गर्नुका साथै आगजनी गर्ने प्रयास समेत गरेको फार्स समाचार संस्थाले शनिबार उल्लेख गरेको छ ।आक्रमणकारी झण्डै ५०० को संख्यामा आएको विद्यालयका एक शिक्षकले बताएका छन् । उनीहरुले वर्तमान शैक्षिक प्रणालीका विरुद्धमा नारावाजीसमेत गरेका थिए । सामाजिक सञ्जालमा शासकका विरुद्धमा गरिएको नारावाजी र प्रदर्शनका भिडियो देखिएका छन् । एएफपी


प्रतिक्रिया दिनुहोस्