नारायणगढ–मुग्लिन सडक पहिरोका कारण पुन: अवरुद्ध

चितवन / नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलवीरेमा पहिरो जाँदा पुनः सवारी साधन आवागमन अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छा कामना गाउँपालिका–६ जलवीरेमा दिउँसो २ः ५५ बजे पहिरो गएपछि सवारी आवागमन अवरुद्ध भएको हो । आज बिहान भरतपुर महानगरपालिका–२९ घुमाउनेमा खसेको पहिरो २ः४५ बजे पन्छाएर सडक सञ्चालन गरिएको थियो । जलवीरेमा खसेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जानकारी दिएका छन् । पहिरोका कारण सवारी साधन रोकिएका छन् ।


प्रतिक्रिया दिनुहोस्