रोनाल्डोले रियल म्याड्रिडलाई सामाजिक सञ्जालमा अनफलो गरे

टुरिन /  रियल म्याड्रिडबाट सिरि ‘ए’च्याम्पियन युभेन्ट्स पुगेका  क्रिस्टियानो रोनाल्डोले   रियल म्याड्रिडलाई सामाजिक सञ्जालमा अनफलो गरेका छन् ।

रियलसँगको नौं वर्ष लामो यात्राको अन्त्य गर्दै रोनाल्डोले स्पेनबाट इटाली पुगेका थिए । रोनाल्डो रियलका अन्य खेलाडी, टोलीका पूर्व प्रशिक्षक कार्लो एन्सेलोटी र जिनेदिन जिदानलाई इन्स्टाग्राममा फलो गरिरहेका छन् ।

रोनाल्डो टुरिन पुगेयता थ्रुपै समाचार आइसकेका छन् ।  उनको प्रशिक्षणलगायत समाचार सार्वजनिक भइरहेका छन् । अझै आउने क्रम जारी छ । युभेन्ट्स पुगसँगै नयाँ टोलीका अन्य खेलाडीले उनलाई इन्स्टाग्राममा फलो गर्न थालेका छन् । एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्