रियलसँगको नौं वर्ष लामो यात्राको अन्त्य गर्दै रोनाल्डो स्पेनबाट इटाली जाने

टुरिन /  सिरि ‘ए’च्याम्पियन युभेन्ट्स यसपटक रियल म्याड्रिडबाट क्रिस्टियानो रोनाल्डोलाई लिन सफल भएको थियो । यसपटकको सरुवा बजारमा सम्भवत सबैभन्दा अर्थपूर्ण सरुवा यहि हुन सक्ने सम्भावना छ । रियलसँगको नौं वर्ष लामो यात्राको अन्त्य गर्दै रोनाल्डोले स्पेनबाट इटाली जाने निर्णय गरेका थिए ।

रोनाल्डो टुरिन पुगे यता थ्रुपै समाचार आइसकेका छन् । टोलीका अन्य खेलाडीसँगको रोनाल्डो भेट, उनको प्रशिक्षणलगायत समाचार सार्वजनिक भइरहेका छन् । अझै आउने क्रम जारी छ । युभेन्ट्स पुगसँगै नयाँ टोलीका अन्य खेलाडीले उनलाई इन्स्टाग्राममा फलो गर्न थालेका छन् ।

तर, पार्चुगिज स्टार रोनाल्डोले भने रियललाई सामाजिक सञ्जालमा अनफलो गरेका छन् । तर, रोनाल्डो रियलका अन्य खेलाडी, टोलीका पूर्व प्रशिक्षक कार्लो एन्सेलोटी र जिनेदिन जिदानलाई इन्स्टाग्राममा फलो गरिरहेका छन् । यसैबीच, रोनाल्डो नयाँ टोली खेलाडीसँग प्रशिक्षणमा सामेल भएका थिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस्