नेपाली क्रिकेट टोली सोमबार बिहान स्वदेश आइपुग्ने

काठमाडौं / ऐतिहासिक ‘डेब्यु’ एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको नेपाली क्रिकेट टोली सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने टिमका कप्तान पारस खड्काले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् ।

नेपाली टोली डेब्यु एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता र मेरिलबोन क्रिकेट क्लब ९एमसीसी० र नेदरल्यान्डसँगको त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगिताको लागि गत साउन २ गते युरोप भ्रमणमा निस्केको थियो ।

नेदरल्यान्डविरुद्धको ऐतिहासिक एक दिवसीय सिरिजमा नेपालले बराबरी खेलेको थियो। पहिलो खेलमा मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपाली टोली ५५ रनल पराजित हुन पुगेको थियो ।

दोस्रो खेलमा भने नेपालले नेदरल्यान्डमाथि १ रनको रोमाञ्चक जित हात पारेको थियो । त्रिकोणात्मक सिरिजमा भने नेपाल र नेदरल्यान्ड संयुक्त रुपमा विजयी भएको थियो ।

यि दुई प्रतियोगिता खेल्नु अघि नेपाली टिमले लन्डनका स्थानिय टिमसँग समान दुई टी–ट्वान्टी र एक दिवसीय खेलेको थियो । अभ्यासमा नेपालले तीन खेलमा जित हात पारेको हो ।


प्रतिक्रिया दिनुहोस्