फुल बनेर’ सर्वाजनिक भएपछि एका एक चर्चा बटुल्दैछन आयुश

काठमाडौं / यतिबेला सामाजिक संजालमा भाइरल भइरहेका बाल गायक अशोक दर्जी जस्तै मिठो स्वर दिएर इलामका आयुस घिमिरेले पनि चर्चा बटुल्न थालेका छन् ।

इलाम माइजोगमाई ४ नाम्सालिङका १२ वर्षीय गायक आयुस घिमिरेको पहिलो गीत ‘फुल बनेर’ सर्वाजनिक भएको छ । सोहि गीतबाट उनको स्वरले सर्वत्र चर्चा कमाइरहेको छ । होम र मुना घिमिरेका छोरा आयुष इलामको हेरिटेज स्कुलमा पढ्छन । लिटल आइडल इलाममा पहिलो भएका उनी अहिले आफ्नो विद्यालयमा हुने कार्यक्रममा मात्र गीत गाउँदैनन, उनलाई बाहिरबाट पनि निम्तो आउन थालेको छ ।

उनलाई पहिलो गीत ‘फुल बनेर’ मा इलाम सन्दकपुरका मन्दीप राईले साथ दिएका छन् । मन्दीप राईको शव्दमा सुवि राईले संगीत भरेको गीतले विस्तारै चर्चा पाउन थालेको छ । भर्खरै सर्वजनिक भएको गीतलाई धेरै स्रोताले रुचाएका छन् ।


प्रतिक्रिया दिनुहोस्