एकै दिनमा ‘रोजी’ र ‘रामकहानी’

काठमडौँ / सुदर्शन थापाले निर्देशन गरेका फिल्म रामकाहानी र  गोपी कृष्ण मुभिज र आरोही इन्टरटेनमेन्ट ब्यानरले संयुक्त रुपमा निर्माण तथा निरक पौडेले निर्देशन गरेको फिल्म ‘रोजी’ एकै दिनमा आउने भएको छ ।

रामकाहानी फिल्मको प्रदर्शनको मिति भदौ २२ हो, भने छायाङ्कनको क्रममा विवादित बनेको फिल्म ‘रोजी’ को पनि प्रदर्शन मिति सोही समय नै तोकिएको छ । फिल्म‘रोजी’ मा अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको छ । यो पिल्म केही समय अघि भदौ २२ मा प्रदर्शन गरिने भन्दै छायाङ्कन गरिरहेको थियो । फिल्म कथा र नामको कारण विवादमा मुसिए पछि प्रदर्शन मिति स्थगित भएको फिल्म  पुनः भदौ २२ मा आउने भएको छ ।

गोपी कृष्ण मुभिज र आरोही इन्टरटेनमेन्ट ब्यानरले संयुक्त रुपमा निर्माण गरेको फिल्म रोजीको पहिलो पोस्टर सार्वजनिक गरेको छ । फिल्म ‘रोजी’ मा प्रदीपको साथै परमिता राणा, मिरुना मगर, कर्मा शाक्य बरुण आरएल राणा, रबिन्द्र खड्का, प्राक्षी श्रेष्ठ, पल्पसा डंगोल लगायतका कलाकारको अभिनय रहेको छ । भदै २२ गते नै प्रदर्शनमा आउने फिल्म ‘रामकहानी’ लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । फिल्ममा अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठ संगै केदार प्रसाद घिमिरे, विल्सन बिक्रम राई, जितु नेपाल, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।


प्रतिक्रिया दिनुहोस्