पौडी खेल्ने क्रममा मर्स्याङ्दीले दुई जना बगायो,

लमजुङ, साउन १९ / मर्स्याङ्दीमा पौडी खेल्ने क्रममा नदीले दुई जनालाई बगाएको छ । बेसीशहर–१ स्थित मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँधबाट बनेको तलाउमा पौडी खेल्ने क्रममा दुई जनालाई बगाएको हो।

बेसीशहर–८ मकैडाँडाका १४ वर्षीय योगेन्द्र रिमाल र १५ वर्षीय अजित थापालाई नदीले बगाएको हो। बगाएर बेपत्ता भएकाहरूलाई प्रहरी र सेनाले खोजी गरिरहेको प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिए।

पौडी खेल्न गएका तीन जनामध्ये एक जनाको उद्धार भएको हो । करिब ४५ मिनेट पानीमा पौडिरहेका मकैडाँडाकै प्रतीक रिमाललाई नेपाली सेना, प्रहरी र स्थानीयवासीले उद्धार गरेका हुन्।

आजकै दिन बेसीसहर–१ मा रहेको गाईखुरे झरना र सँगै रहेको मध्यमर्स्याङ्दीको बाँधबाट बनेको तलाउमा नुहाउने तथा पौडी खेल्नेहरूको भीड लाग्ने गर्दछ । नदीमा तीव्र छाल र धमिलो पानी भएकाले हराएकालाई भेट्टाउन कठिन भएको प्रहरीले जनाएको छ। एकको उद्धार
रासस


प्रतिक्रिया दिनुहोस्