अमेरिकासँगको सम्बन्धमा हारको महशुस नचाहेको एर्दोगानको भनाई

अङ्कारा, टर्की / टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार टर्कीले अमेरिकासँगको सम्बन्धमा आफूले पराजयको महशुस भएको देख्न नचाहेको बताएको छ ।

वासिङ्टनले टर्कीका मन्त्रीहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेपछि एर्दोगानले बदलामा आफूले पनि जवाफ दिने बताउनुभयो ।“ हामीले पराजयको खेल खेल्ने पक्ष बन्नु छैन । राजनीतिक तथा न्यायिक विवाद आर्थिक आयामका लागि दुवै पक्षलाई हानिकारक सिद्ध हुनेछन्,” एर्दोगानले टेलिभिजनमार्फत गरेको सम्वोधनमा भन्नुभयो । उहाँले थप्नुभयो, “यसले दुई मुलुकको विवादलाई थप सङ्कटग्रस्त बनाउनसक्ने देखिएको छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्