आर्थिक हिनामिनाको आरोपमा थुनिए मेजर राजेश थापा

काठमाडौं / भर्खरै शान्ति मिसनबाट फर्किएका सेनाका मेजर राजेश थापा मिसनपछि थकान मेटाउन आराम गर्नुपर्ने बेला हिरासतमा परेका छन् ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको ठाडो आदेशमा उनलाई सैनिक हिरासतमा राखिएको हो । नेपाली सेनाका मेजर राजेश थापालाई भर्ना छनौटमा लेनदेन गरेको आरोपमा पक्राउ गरिएको छ । सेनामा ड्राइभर भर्ना गर्दा करीब ४० लाख रुपैयाँभन्दा बढी उठाएको आरोपमा उनलाई सैनिक प्रहरीले हिरासतमा लिएको हो ।

उनी यसअघि एमटी गणको सहायक गणपति हुँदा उनले पैसा उठाएको आरोप लागेको हो । थापा भर्खरै मात्र शान्ति सेनाको मिसनबाट फर्किएका थिए । सेनाले उक्त घटनाको छानविन गर्न कोर्ट अफ इन्क्वाइरी गठन गरेको छ । सहायकरथी सीताराम खड्काको नेतृत्वमा बनेको समितिले घटनाको अनुसन्धान गरिरहेको स्रोतको दाबी छ ।


प्रतिक्रिया दिनुहोस्