बार्सिलोनाको प्रि–सिजनमा लगातार दोस्रो हार

सान्ताक्लारा / स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले प्रि–सिजनमा लगातार दोस्रो हार बेहोरेको छ । लगतार दोस्रो हार बेहोर्ने क्रममा बार्सिलोनाले आइतबार बिहान इतालियन क्लब एसी मिलानसँग १–० ले हार बेहोरेको हो ।

बार्सिलोना यसअघि इटालियन क्लब रोमासँग ४–२ ले पराजित भएको थियो । पहिलो खेलमा भने इंग्लिस क्लब टोटनह्यामलाई ५–३ ले पराजित गरेको थियो । अमेरिका सान्ताक्लारास्थित लेभिस स्टेडियममा भएको खेलमा आन्द्रे सिल्भाले इन्जुरी समयमा गोल गरेपछि बार्सिलोनले लगातार दोस्रो हार बेहोर्न बाध्य बन्यो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिमले गोल गर्ने मौकाहरु खेर फालेको थियो । दुवै टिमले दोस्रो रोजाईका खेलाडीलाई मैदान उतारेको थियो । अब बार्सिलोनाले सेभिल्लासँग खेल्नेछ ।

-एजेन्सी


प्रतिक्रिया दिनुहोस्